उद्योग स्थापना गर्न एकद्वार प्रणाली लागू गर्नुपर्नेमा उद्योगी व्यवसायीकाे जाेड

आर्थिक परिवेश

१६ माघ काठमाडौँ ।    उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरूले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।”

नेपाल महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहज ढंगले उद्योग व्यवसाय गर्न आर्थिक नेटवर्किङ महत्वपूर्ण भएकाले बैङ्क वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरूका लागि विश्वास गर्नुपर्छ ।”

बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले बिदेसिने युवाहरूलाई नेपालमा राख्न सहज लगानीको वातावरण र कानुनी झन्झटबाट मुक्त गरिनुपर्ने बताउनुभयो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तीय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो ।

औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय नवप्रवर्तनको दायरा बढ्दै गएको बताउँदै भन्नुभयो, “केही वर्षयतादेखि नवप्रवर्तनको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुन्जेल फलो गरिरहेका छौँ ।”

मा प्रकाशित