
२० माघ, काठमाण्डौ । आर्थिक वर्षको ६ महिनामा नेपालको कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी ( छ महिनाको तथ्याड.कामा आधारित भै सार्वजनिक गरेको प्रतवेदनले यस अवधीमा नेपालको निर्यात ९८ अर्ब ७९ करोड पुगेको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा यस अवधीमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक,जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा कच्चा भटमास तेल,चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ ।
यस अवधीमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा नेपालको कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ अर्ब २५ करोड बराबरको भएको थियो ।
मा प्रकाशित