
२० माघ, काठमाण्डौ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आयोजना हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने र डिजिटल नेपाल निर्माणमा मेलाले सहयोग पुग्ने क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले बताउनुभयो ।
नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उहाँले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राख्नुभयो ।
क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतकव् विशेष प्रदर्शन गर्नेछ ।
मा प्रकाशित