देशका ७५३ वटै स्थानीय तहमा बाणिज्य बैङ्कको पहुँच

आर्थिक परिवेश

२८ माघ, काठमाण्डौ ।   देशका ७५३ वटै स्थानीय तहमा सोमवारदेखि बाणिज्य बैकका शाखाहरु मार्फत बैकिड. र वित्तीय सेवा पुगेको छ ।

सङ्घीयता आएको सात वर्षपछि बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बाणिज्य बैङ्कको शाखा स्थापना भएसंगै सबै स्थानीय तहमा बैकको सेवा र पहूँच पुगेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका–१ धलौनमा एभरेष्ट बैङ्कको शाखा सोमवार उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा गभर्नर अधिकारीले साइपालबासीलाई एभरेष्ट बैङ्कको शाखा धलौनमा खाता खोल्न अनुरोध गर्नुभयो ।

७५३ औँ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा स्थापना हुँदा सबै भन्दा राम्रो शाखा साइपालको रहेको र आफु स्वयं उपस्थित हुन पाउँदा खुसी लागेको समेत गभर्नर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा एभरेष्ट बैङ्क सञ्चालक समिति अध्यक्ष डा.बालगोपाल वैद्यले बैङ्क र वित्तीय उन्नतिका लागि बैङ्कको शाखा स्थापना गरिएको बताउनुभयो ।

साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले स्थानीयहरूलाई खाता खोल्न अनुरोध गर्दै अब पालिकाका सबै कामकाज साइपालमै बसेर गरिने बताउनुभयो ।

साइपालमा बैङ्कको शाखा नहुँदा सानो रकमको भुक्तानी लिन पनि २,३ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्था थियो ।

मा प्रकाशित