०५ फागुन, काठमाडौं । सांसदहरूले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभा सदस्यहरूले बजारमा सिमेन्टको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उपलब्ध शून्य समयमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले सिमेन्टको मूल्य वृद्धि विनाकारण बढाइएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद केसीले भन्नुभयो, “झन्डै ९८ प्रतिशत बढी स्वदेशी कच्चापदार्थमा उत्पादन हुने नेपाली सिमेन्टको हाल अत्यधिक बजार मूल्य वृद्धि भएको र नेपाली सिमेन्टको बजार मूल्य वृद्धिले उपभोक्ता महँगीमा परेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कार्यान्वयन नभएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभयो ।
गत साउन महिनामा सिमेन्टको दर रेट ४८४ फ्याक्ट्री रेट थियो । हाल ७४५ पुगेको छ । यसको असर निर्माण व्यवसायीलाई २२ अर्ब घाटा भएको बताउनु भयो ।
उद्योग मन्त्रालयसँग निर्माण व्यवसायी र सिमेन्ट उत्पादक सङ्घको छलफलपछि प्रतिबोरा १२० घटाएर बिक्री–वितरण गर्ने निर्णय भएको तर उक्त समेत निर्णय कार्यान्वयन नभएको बताउनु भयो ।
मा प्रकाशित