कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको लगानी जुट्यो

आर्थिक परिवेश

२४ फागुन, काठमाडौ ।   १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माणको लागि वित्तीय व्यस्थापनको टुडंगो लागेको छ ।

आयोजना संघईग्रुप,विशालग्रुप र उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रवद्र्धनमा निजी क्षेत्रकै ठूलो आयोजनाको रुपमा लगानीको सहमती भएको हो ।

कालीगण्डकी गर्ज हाइड्रो पावरले मुस्ताङ तथा म्याग्दी जिल्लालाई समेटेर आयोजना निर्माण गर्दैछ ।

आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ ।

परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकी २५ प्रतिशत रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाले २०७५ फागुनमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो भने २०७९ फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत किनबेच सम्झौता समेत गरिसकेको छ ।

आयोजनाबाट सन् २०२९ भित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने योजना रहेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताउनु भयो ।

मा प्रकाशित