०१ चैत्र,काठमाडौ । चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ ।
दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।
महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च २३ दशमलव ३७ प्रतिशत अर्थात ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ ।
मा प्रकाशित