वार्ताको माध्यमबाट आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न प्रयास गर्छु : नवनियुक्त शिक्षा मन्त्री

आर्थिक परिवेश

 ११ बैशाख, काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बिहिवार  मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिनुहुँदै शिक्षा मन्त्री पन्तले वार्ताको माध्यमबाट आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो ।

मन्त्री पन्तले शिक्षकहरूका मागबारे आफु सामान्य जानकार रहे पनि मन्त्रालयका तर्फबाट हालसम्म भएका प्रयासबारे जानकारी लिएपछि मात्रै आगामी कदमबारे बोल्न उचित हुने बताउनुभयो ।

आफु अब बोल्ने भन्दा काम गर्ने ठाउँमा आएको भन्नु हुँदै मन्त्री पन्तले आफ्नो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित हुने बताउनुभयो ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका विभिन्न मागहरू राखी विगत २३ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेका छन् ।

शिक्षक आन्दोलनकै बीच तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता रघुजी पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मा प्रकाशित