मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु

आर्थिक परिवेश

१४ बैशाख,  दमौली (तनहुँ)। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु भएको छ ।

केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्रे सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्रे थालिएको हो ।

दमौली बजारकै मुख्यचोक, सफास  डक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्रे भइसकेको

छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रेको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रेको काम अन्तिम चरणमा पुगे पनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा ढिलाइ भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्रे सकिएको छ । उहाँले भन्नुभयो, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्रे भएको छ ।”

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

मा प्रकाशित