१९ बैशाख, काठमाण्डौ । लगानी बोर्डले आर्थिक वर्ष २०८५/८६ सम्ममा ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ११ वटा परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य अघि सारेको छ ।
लक्ष्यअनुसारका सबै ११ वटा परियोजना सम्पन्न हुन नसकेको खण्डमा पनि कम्तीमा चार अर्ब सात करोड अमेरिकी डलरका पाँचवटा परियोजनाहरू सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको लगानी बोर्डले जनाएको छ ।
आर्थिक वर्ष २०८५/८६ सम्ममा कम्तीमा दुई अर्ब ८३ करोड अमेरिकी डलर लागतका सातवटा परियोजनाहरू निर्माणको चरणमा पुगिसक्ने र अधिकतम पाँच अर्ब ५५ करोड अमेरिकी डलरका १४ वटा योजनाहरु निर्माणको अन्तिम चरणसम्म पु¥याउन सकिने लक्ष्य बोर्डको छ ।
आगामी चार वर्षमा अधिकतम २४ अर्ब ३० करोड अमेरिकी डलर बराबरका कुल ५७ वटा परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरिएको छ ।
२३ अर्ब ५० करोड अमेरिकी डलरका ५२ वटा परियोजनाहरू खरिदको चरणमा रहेका र १७ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ४२ वटा परियोजनाहरू परियोजना विकास सम्झौता (पिडिए) तथा परियोजना कार्यान्वयन सम्झौता (पिआइए) को वार्ताको चरणमा हुने व्यावसायिक रणनीतिमा उल्लेख छ् ।
साथै, १५ अर्ब ७० करोड अमेरिकी डलर लागतका ३२ वटा परियोजनाहरू वित्तीय व्यवस्थापन र पूर्व–विकास गतिविधि सञ्चालनको अवस्थासम्म लगिने बोर्डको व्यावसायिक रणनीतिमा उल्लेख छ ।
बोर्डले स्थापनाकालदेखि अहिलेसम्म विभिन्न ३८ वटा परियोजनाका लागि १२ खर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।
मा प्रकाशित