प्रदेशस्तरीय युवा सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्र

आर्थिक परिवेश

३०  बैशाख, मकवानपुर ।  बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित ‘प्रदेश युवा सम्मेलन २०८२’ मङ्गलवार सम्पन्न भएको छ।

‘सिर्जनशीलता र  उद्यमशीलता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण’ भन्ने  नारासहित तीन दिनसम्म सञ्चालन भएको तेस्रो संस्करणको  सम्मेलनले युवा सशक्तिकरण र  सहभागिता अभिवृद्धिका विषयमा केन्द्रित गर्दै दस बुँदे घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबारदेखि सुरु भएको सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा सहभागिता, डिजिटल सुशासन, प्रविधिमा युवाको पहुँच, शिक्षा, सीप र सिर्जनात्मकता, जलवायु परिवर्तनसँग जोडिएको दिगो विकासमा छलपफल भएकाे थियाे ।

सम्मेलनकाे क्ममा   नीति निर्माणमा युवा नेतृत्व तथा ‘मुख्यमन्त्रीसँग युवा’जस्ता विषयमा विज्ञहरूद्वारा प्यानल छलफल र कार्यशाला गोष्ठीहरू सञ्चालन गरिएको थियो।

त्यस्तै, गुणस्तरीय, व्यावसायिक तथा नवप्रवर्तनमा आधारित शिक्षा प्रणालीको विकास, युवाले सिर्जना गरेका विचारलाई नीतिमा रूपान्तरण गर्ने संरचना निर्माण, र नीति निर्माण तहमा युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग समेत उठाइएको छ।

घोषणापत्रमा स्थानीय तहमा युवामैत्री योजना, नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा युवा सहभागिता अनिवार्य गरिनुपर्ने र प्रत्येक स्थानीय तहमा युवा परिषद् गठन हुनुपर्ने उल्लेख गरिएको छ।

सीपमूलक तालिमसँगै उद्यमशीलता, बजारीकरण, लगानी पहुँच, प्राविधिक परामर्श र अनुगमनलाई समेटेर एकीकृत मोडलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, सीपमा आधारित स्वरोजगारलाई सहुलियत ऋण तथा सहकारी प्रणालीमार्फत समर्थन गर्नुपर्ने सुझाव पनि घोषणापत्रमा समावेश छ।

सम्मेलनले युवाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने प्लेटफर्मको रूपमा भूमिका खेलेको आयोजक बागमती प्रदेश युवा परिषद्ले जनाएको छ।

लामा र मन्त्री महर्जनले घोषणापत्रका मागहरूलाई आगामी नीति निर्माण प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

मा प्रकाशित