एमआरपिमा पुर्नविचार गर्न उद्योग मन्त्रीसंग चेम्बरकाे माग

आर्थिक परिवेश

०४ असार, काठमाण्डौ ।   नेपाल चेम्बर अफ कमर्सले खुद्रा विक्री मुल्य एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो ।

चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसंग सर्वपक्षीय छलफल र सहमतीको आधारमा मात्रै एमआरपीलाई कार्यन्व्यनमा लैजानुपर्ने बताएको छ ।

व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको बर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो ।

चेम्बर पदाधिकारीसंगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसंगको समन्वयमा अविलम्व थप छलफल गरी एमआरपी कार्यन्व्यन प्रक्रीयालाई आवश्यकता अनुसार अघी बढने बताउनुभयो ।

मन्त्रालयमा आज भएको छलफलमा खुद्रा विक्री मुल्य एमआरपीका सम्वन्धमा हाल देखिएका अन्यौलताबारे सवै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्व टुङग्याउनु पर्ने विषयमा सहमति भएको छ ।

मा प्रकाशित