पूर्व राष्ट्रपति विद्या भण्डारीकाे एमालेमा पुनरागमन, देश र जनताको हित नै मुल लक्ष्य भएकाे घोषणा

आर्थिक परिवेश

१४  असार, काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुनः एमालेमा रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनद्वारा  काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।

मदन भण्डारीको ७४औँ जन्म जयन्ती, अवसरमा अायाेजित  कार्यक्रममा पूर्व राष्ट्रपति  भण्डारीले ”फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ अाफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनु भयाे।

अब नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भन्नुभयो ।

मा प्रकाशित