मल वितरणकाे कोटा प्रणाली हटाउन सांसदहरुकाे माग

आर्थिक परिवेश

२२ असार, काठमाण्डौ । सांसदहरुले रसायनिक मल तिरणका लागि लागू गरिएको कोटा प्रणाली हटाउन माग गर्नु भएको छ ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिको आइतवारको बैठकमा सांसदहरुले किसानहरुलाई रसायनिक मल कोटा सिस्टमबाट व्यवस्था गरिदा चाहिने ठाउँमा मल अपुग भएको र नचाहिने ठाउँमा बढी पुग्ने गरेकाले कोटा सिस्टम हटाउन माग गर्नुभयो ।

किसानहरुले समयमा मल नपाउँदा कृषि उत्पादनमा ह्रास आउने भन्दै सांसदहरुले सरकारले किसानलाई जसरी भए पनि मल उपलव्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुले समयमा रसायनिक मल नपाउने पुरानो समस्या यस वर्ष पनि कायम रहेको जानकारी दिनु भयो ।

यस वर्षका लागि आयात गरिएको मल स्थानीय तहहरुमार्फत् वितरण गरिएको तर आवश्यकता अनुसार पर्याप्त मल उपलव्ध गराउन नसकेको मन्त्री अधिकारीले बताउनुभयो ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोटा प्रणालीबाट आउने मल सहजरुपमा आयात भइरहेको बैठकलाई जानकारी गराउनुभयो ।

 

मा प्रकाशित