असारको २२ सम्म मुलुकभर ४५.३ क्षेत्रमा धान रोपाँइ

आर्थिक परिवेश

२३,असार,काठमाडौ ।  असारको २२ गतेसम्म मुलुकभर ४५.३ प्रतिशत क्षेत्रफलमा धानको रोपाइ सम्पन्न भएको छ ।

देशभर १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर क्षेत्रफलमा धानको रोपाई हुने गरेकोमा यस अवधी सम्ममा ६ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र धानको रोपाइ सम्पन्न भएको हो ।

प्रदेशगत रुपमा यस अवधीमा सुदुरपश्चिम प्रदेशमा सबै भन्दा धैरे ८२.८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ भने दोस्रोमा कर्णाली  प्रदेशमा  धान रोपाइ भएको छ ।

असार २२ गतेसम्म कर्णाली प्रदेशमा ७१.६६ प्रतिशतमा धान रोपाइ भएको छ ।

असार २२ गते सम्ममा गण्डकी प्रदेशमा ५६ प्रतिशत लुम्बिनिमा ५२.११ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत क्षेत्रमा धान रोपाइ सम्पन्न भएको छ ।

त्यसै गरी यस अवधमिा कोशी प्रदेशमा २९।५४ प्रतिशत र मधेश प्रदेशमा २५.०८ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल ललितपुरले जनाएको छ ।

गत बर्षको यसै अवधीमा मुलुकभर ४३.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको थियो ।

मा प्रकाशित