सूचना प्रविधि सम्बन्धी साताव्यापी प्रदर्शनी आइतवार काठमाण्डौमा सम्पन्न

आर्थिक परिवेश

०४साउन,काठमाण्डौ ।    सूचना प्रविधि सम्बन्धी साताव्यापी प्रदर्शनी आइतवार काठमाण्डौमा सम्पन्न भएको छ ।

‘लिउँ अवसर बढाउँ क्षमता’ भन्ने नाराका साथ सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूलेविकास गरेका सफ्टवेयर, एआईमा आधारित उपकरण,साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपतकालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नविनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरुको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

मा प्रकाशित