
१४ साउन काठमाण्डौ । दक्षिण एशियाली देशका युवा नेताहरुको सम्मेलन बिहिवारदेखि काठमाण्डौमा आयोजना हुने भएको छ ।
नेपाल जेसिसको आयोजनामा हुन लागेको ३ दिने सम्मेलनको क्रममा नेपाल भारत, बंगलादेश, श्रीलंका युवा नेताहरुको सहभागिता रहने नेपाल जेसिसले जनाएको छ ।
सम्मेलनको क्रममा युवाहरुको नेतृत्व क्षमता विकास, उद्यमशिलता, क्षेत्रीय सहकार्य र सहयोग तथा सांस्कृतिक समझदारी निर्माण लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको नेपाल जेसिसले जनाएको छ ।
सम्मेलनको अन्तिम दिन साउन १८ गते जेसिवी व्यापार सम्मेलनको समेत आयोजना गरिने छ ।
व्यापार सम्मेलनमा दक्षिण एशियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान, र साझा सहकार्यको माध्यमबाट दिगो आर्थिक विकासमा टेवा पु¥याउन लगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलन मार्फत दक्षिण एशियाली व्यवसायिक नेताहरूको नेटवर्किङ निर्माणका लागि छलफल शत्र तथा नेपाली र दक्षिण एशियाली स्टार्टअप तथा इनोभेटिभ आइडियाको प्रदर्शनीको आयोजना गरिने नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष रजनी थापाले बताउनु भयो ।
मा प्रकाशित