रासायनिक मलको आपूर्ति व्यवस्था र उत्पादन वृद्धिबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

आर्थिक परिवेश

२७ साउन, काठमाण्डौ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्ने ठोस योजना ल्याउन  सम्वद्ध पदाधिकारीहरुलाइ निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिनुभएको हो ।


प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिनुभएको हाे  ।

त्यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने खालको रासयनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनु प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन पनि निर्देशन दिनुभएको थियो ।

मा प्रकाशित