२७ साउन, काठमाण्डौ । गत आर्थिक वर्षमा नेपालमा हुने फूलको आयातमा कमी भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात भएको फ्लोरिकल्चर एसोसिएसन जनाएको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा फुलको १५ करोडले आयातमा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा फूलकाे निर्यात भने बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाखको फूल निर्यात भएको एसोसिएसनले जनाएको छ ।
नेपालका ५४ जिल्लामा पुष्पखेती विस्तार भएको र व्यावसायिक रूपमा ५१ हजार ५० जना पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भएका छन् ।
देशमा करिव २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन हुँदै आएको छ ।
मा प्रकाशित