देशभर भदौ १ सम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न

आर्थिक परिवेश

०१ भदौ, काठमाडौ ।  यही  भदाै  १ गते सम्म मुलुकभर ९४ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

यो परिमाण गत वर्षको सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ १ गतेसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

गत बर्ष भदौ २ सम्ममा ९८.४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयका अनुसार धान रोपाइँ हुने क्षेत्रफलमध्ये भदौ १ गते सम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशगतरुपमा हेर्दा कोशीमा साउन २५ सम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ । कोशीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ६० हजार ९ सय ६४ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यसैगरी मधेश प्रदेशमा साउन ३० सम्म ८६.३५ प्रतिशत रोपाइँ भएको छ । मधेशमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ३ लाख १९ हजार ६ सय २६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा २५ साउनसम्म ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख १२ हजार ४ सय ५९ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा १ भदौसम्म ९४.८३ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ८९ हजार ३ सय ११ हेक्टरमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा २५ साउनसम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । लुम्बिनीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ९७ हजार १ सय ३ हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा १ भदौसम्म ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ४० हजार ७ सय ७० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९.७२ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

मा प्रकाशित