२८ भदौ, काठमाण्डौ । कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्ति शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गरेको छ ।
विभागले विज्ञप्ति जारी गरी कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न भनेको छ ।
विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले सागसब्जी, बीउ बेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृङ्खलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको बताउनु भयो ।
मा प्रकाशित