२८ भदौ, काठमाडौं। मुस्ताड. जिल्लामा यस बर्ष आलु उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
आव २०८२÷८३ मा त्यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टरमा आलु खेती गरिएको र आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमाने गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।
गत आव २०८१÷८२ मा त्यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो ।
उपल्लो मुस्ताङमा चैत÷वैशाखमा आलुको बीउ रोपेर असोज÷कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गरिन्छ ।
नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले त्यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
त्यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको छ ।
आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई त्यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरेका छन् ।
मा प्रकाशित