०७ असाेज काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएकाे छ ।
मगलवार सुन प्रतितोला दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साेमवार सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाले बढेको थियाे ।
त्यसैगरी आज चाँदी दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
मा प्रकाशित