नेपाली बजारमा सुनको भाउमा नयाँ कीर्तिमान कामय

आर्थिक परिवेश

१२ असोज, काठमाण्डौ ।    नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाली बजारमा आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको सुनको मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मुल्य हो ।

८ असोजमा सुनको भाउ २ लाख २३ हजारमा पुगेर कारोवार भएको थियो । त्यसपछि केही घटेको सुनले आइतवार अर्को कीर्तिमान बनाएको हो ।

शुक्रबारको तुलनामा सुनको भाउ आइतवार प्रतितोला ७ सय रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ ।

यो पनि रेकर्ड भाउ हो । शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आइतवार  सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।

मा प्रकाशित