सरकारले २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण

आर्थिक परिवेश

 १२ असाेज    काठमाडौं ।   सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार क्षेत्रका २० वटा आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको छ।

त्यसताे सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबलकार आयोजना समावेश छन् ।

मुख्य प्राथमिकता प्राप्त आयोजनामा औद्योगिक ग्राम अन्तरगत बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी, जोरायल औद्योगिक ग्राम, डोटी रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनामा दमक औद्योगिक क्षेत्र, झापा, मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर, शक्तिखोर औद्योगिक क्षेत्र, चितवन, लक्ष्मीपुर औद्योगिक क्षेत्र, दाङ, मोतिपुर औद्योगिक क्षेत्र, रुपन्देही, नौवस्ता औद्योगिक क्षेत्र, बाँके, दैजी औद्योगिक क्षेत्र, कञ्चनपुर रहेका छन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनाका पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक, हरैया विशेष आर्थिक क्षेत्र, कैलाली रहेका छन् ।

त्यसतै नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, कञ्चनपुर रहेको छ ।

त्यस्तै नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना र

अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् ।

निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा सत्यवती दर्शन प्रालि पाल्पा, सानो पाथिभरा केबलकार प्रालि, इलाम, सिक्लेस अन्नपूर्ण केबलकार प्रालि, कास्की र

ड्रिम्स हिल्स प्रालि, चितवन, नवलपरासी, सुपा देउराली केबलकार प्रालि, अर्घाखाँची र सूर्यकुण्ड गोसाईकुण्ड केबलकार प्रालि, सिन्धुपाल्चोक रहेका छन् ।

सरकारको यस निर्णयले देशको आर्थिक वृद्धि र पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले जानकारी दिनु भयाे  ।

उहाँले ती आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकतामा राख्दा ती अायाेजनाहरुकाे  कार्यान्वयनमा थप गति आउने र देशको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नु भयाे  ।

राष्ट्रिय प्राथमिकतामा आयोजनाको सुची 

क) औद्योगिक ग्राम   

बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी, कोशी प्रदेश
जोरायल औद्योगिक ग्राम, डोटी, सुदूरपश्चिम प्रदेश

ख) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजना
दमक औद्योगिक क्षेत्र, दमक, कोशी प्रदेश
मयुरधाप औद्योगिक क्षेत्र, मकवानपुर, बागमती प्रदेश
शक्तिखोर औद्योगिक क्षेत्र, चितवन, बागमती प्रदेश
लक्ष्मीपुर औद्योगिक क्षेत्र, दाङ, लुम्बिनी प्रदेश
मोतिपुर औद्योगिक क्षेत्र, रुपन्देही, लुम्बिनी प्रदेश
नौवस्ता औद्योगिक क्षेत्र, बाँके, लुम्बिनी प्रदेश
दैजी औद्योगिक क्षेत्र, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश

ग) विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनाहरु 
पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक, बागमती प्रदेश
हरैया विशेष आर्थिक क्षेत्र, कैलाली, सुदूरपश्चिम प्रदेश

घ) नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनाः

दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश

ङ) नेपाल आयल निगम अन्तर्गतका आयोजनाः
भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना
अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना

च) निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनास्
सत्यवती दर्शन प्रालि, पाल्पा
सानो पाथिभरा केबलकार प्रालि, इलाम
सिक्लेस अन्नपूर्ण केबलकार प्रालि, कास्की
ड्रिम्स हिल्स प्रालि (देवघाट मौलाकाली), चितवन, नवलपरासी
सुपा देउराली केबलकार प्रालि, अर्घाखाँची
सूर्यकुण्ड गोसाईकुण्ड केबलकार प्रालि, सिन्धुपाल्चोक

मा प्रकाशित