
०६ कार्तिक,काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरिएको छ ।
ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।
विद्युत् विकास विभागले दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उल्लेख गरेको छ ।
विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको र ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएको जनाएको छ ।
ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् ।

ती आयोजनाको क्षमता ८४ मेगावाट छ । तीन वटा सौर्य परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् ।
ती आयोजनाको क्षमता १५ मेगावाट छ । निर्माण अनुमतिपत्र लिएपनि काम अगाडि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।
मा प्रकाशित