३ महिनामा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातका लागि २१ करोड खर्च

आर्थिक परिवेश

११ कात्तिक, काठमाडौं ।   चालु आर्थिक वर्षको ३ महिनाकाे अवधीमा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबलकाे आयातका लागि २१ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल नेपालमा आयात भएको हो ।

यस अवधिमा ४ लाख १३ हजार ३ सय ७८ किलो कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, उक्त परिमाणको कुरकुरे, कुरमुरे र लेज आयात गरेबापत सरकारले १३ करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

नेपालमा आउने यी वस्तु भारत, चीन, कोरिया, मलेसिया, मेक्सिको र साउदी अरेबियाबाट आउने गरेका छन ।

सबैभन्दा धेरै भारतबाट १६ करोड  ६१ लाख ५१ हजार रुपैयाँको यी वस्तु भित्रिएको छ ।  त्यस्तै, मलेसियाबाट ४ करोड ३७ लाख ५४ हजार र दक्षिण कोरियाबाट ३३ लाख रुपैयाँका त्यस्ता वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ  ।

मा प्रकाशित