सुनकाे मूल्यले तोलाको दुई लाख ५० हजार नाघ्याे

आर्थिक परिवेश

१२ मंसिर, काठमाडौं ।   सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ।

तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चारसय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीनसय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

मा प्रकाशित