
१६ मंसिर, काठमाण्डौ । मनाङमा आयोजनास्थल रहेको ६१ मेगावाट क्षमताको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
हिमाली जिल्ला मनाङको नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१ दशमलव ११ मेगावाट बिजुली उत्पादन गरिनेछ ।
आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
नारखोला जलविद्युत् आयोजनाको कूल लागत १२ अर्ब ८४ करोड रहेकामा बैंकहरुले नौ अर्ब ६३ करोड लगानी गर्ने भएका हुन । त्यस्तै, लगानीकर्ताहरुलेस्वपुँजीका रूपमा तीन अर्ब २१ करोड लगानी गर्नेछन् ।
मा प्रकाशित