सुनचाँदीकाे मूल्यमा फेरि ‘रेकर्ड ब्रेक’

आर्थिक परिवेश

 ११ पुस काठमाण्डौँ ।   पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।

शुक्वार  छाप भएकाे सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल  चार हजार ५८५ कायम भएको  छ   ।

दुवै धातुको मूल्य हालसम्मको उच्च मुल्य हो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० मा र चाँदी चार हजार ४२० रुपैयामा कारोबार भएको थियो ।

बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन  दुई लाख ६७ हजार ५०० र चाँदी चार हजार ४०० मा कारोबार भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मा प्रकाशित