१३ पुष, काठमाण्डौ । आइतवार पनि नेपाली बजारमा सुन र चाँदीको मुल्यले नयाँ रेकर्ड निर्माण गरेको छ ।
विगत केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
आज छाप भएको सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल ४ हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आइतवार एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा किनबेच भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मा प्रकाशित