
१३ पुष, काठमाण्डौ । नेपाल राष्ट्र बैँकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।
नेपाल राष्ट्र बैँकले आइतवार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको छ ।
यसअघि उद्योगले एक पटकमा ५ लाख र अन्य व्यवसायीले १लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए ।
राष्ट्र बैँकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।
मा प्रकाशित