बेतन कर्णाली जलविद्युत् आयोजना कार्यान्वयनकाे चरणमा प्रवेश

आर्थिक परिवेश

१५ पुष, काठमाण्डौ ।   कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण हुने ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

उत्पादन अनुमति पत्र प्राप्त गरेर लगानी स्वीकृति समेत भइसकेपछि आयोजना अब निर्माणको दिशामा अघि बढ्ने भएको हो ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले २०७८ फागुन १० गते विद्युत् विकास विभागमा उत्पादन अनुमति पत्रका लागि निवेदन दिएको थियो ।

आयोजनाले समयमै पूर्ण कागजात पेस नगरेको, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र नेटवर्थसम्बन्धी आवश्यक विवरण ढिलो गरी बुझाएको र भारतीय कम्पनी

जीएमआरसँगको विवादमा फसेको कारणले आयोजना अघि बढन सकेको थिएन ।

अब भने विवाद सबै समाधान भएर आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको  छ ।

गत मंसिरमा बसेको लगानी बोर्डको बैठकले आयोजनाको ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।

कर्जा र स्वपूँजी अनुपात ७०÷३० कायम गरी आयोजनाका लागि आवश्यक करिब ५७ अर्ब ३२ करोड रुपैयाँ ऋण व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

अहिले आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता अन्तिम चरणमा पुगेको आयोजनाका प्रवन्ध निर्देशक कृष्ण आचार्यले जानकारी दिनु भयो ।

मा प्रकाशित