
१७ पुष, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दाबीमा ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो । जुन करिब २३ अर्ब ४७ करोड रकम बराबरको थियो ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरेकाे छ ।
भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा
बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको जनाइएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।
मा प्रकाशित