
१८ पुस, काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मा प्रकाशित