विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ । चालु आर्थिक बर्ष २०८२/०८३ को मङ्सिर मसान्त सम्ममा नेपालको विदेशी मुद्राको सञ्चिति ३२ खर्ब ०१ अर्ब ४७ करोड रुपैया बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदना अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको जनाइएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड रुपैया पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६ खर्ब ३ अर्ब ४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशतले बढेर ३ खर्ब ३५ अर्ब कायम भएको छ ।

२०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैकले उल्लेख गरेको छ ।

मा प्रकाशित