सुनको मुल्य  फेरि २ लाख ७० हजार नाघ्याे

आर्थिक परिवेश

२७ पुस, काठमाडौं ।  आइतवार  नेपाली बजारमा  सुनको   मुल्य  फेरि २ लाख ७० हजार नाघेर पुन उच्च  अ‌‌कमा पुगेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो ।

महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यो मूल्य नै उच्च हो । अघिल्लो दिन सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी आज तोलामा २१० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा चाँदी कारोबार भएकोमा आज ४ हजार ९९० रुपैयाँ पुगेको छ ।

 

मा प्रकाशित