
२९ पुष काठमाडाै । नेपाली बजारमा मगलवार सुनचाँदीकै मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड निर्माण गरेकाे छ।
सोमबार तोलामा चार हजार एकसय रुपैयाले बढेको सुनको मूल्य मगलवार फेरि एक हजार आठसय रुपैयाँले बढेर दुई लाख ७६ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो मुल्य हाे ।
आइतबार सुनको भाउ तोलामा दुई हजार आठसय बढेको थियो। त्यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलामा दुई हजार एकसय बढेको थियो।
सोमबार सुनको मूल्य तोलाको दुई लाख ७४ हजार सातसय रुपैयाँ थियो।
गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबारदेखि लगातार बढिरहेको छ। चार दिनमा सुनको भाउ तोलामा १० हजार आठसय रुपैयाँ बढिसकेको छ।
त्यसैगरि आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च बनेको छ। तोलामा १४५ रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार तीनसय ४० पुगेको छ।
चाँदीको यो मूल्य पनि हालसम्मकै महँगो हो।
सोमबार चाँदी तोलामा २०५ रुपैयाँ बढेर पाँच हजार एकसय ९५ रुपैयाँमा पुगेको थियो।
मा प्रकाशित