सुन चाँदीकाे मुल्यमा उच्च गिरावट

आर्थिक परिवेश

१९ माघ, काठमाडौं ।   नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । साेमवार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ ।

आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।

मा प्रकाशित