सुनकाे मुल्य  आइतवार ९ हजार ५ सय रुपैयाँले बढ्याे

आर्थिक परिवेश

२५ माघ, काठमाडौं ।   नेपाली बजारमा आइतबार सुनको भाउ उच्च रकमले  बढेको छ ।

गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुनकाे मुल्य  आइतवार फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँमा काराेवार भएकाे छ ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

मा प्रकाशित