टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक

आर्थिक परिवेश

२५ माघ, काठमाडौं ।    माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ ।

साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपे बाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु २५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ ।

यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ । यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको छ ।

माईपे वालेट प्रयोग गरी मोबाईल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलिको विल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ ।

माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानालाई मध्येनजर गर्दै यस्तै नवीन र आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

मा प्रकाशित