सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सयले बढ्याे

आर्थिक परिवेश

७ फागुन, काठमाडौं ।    नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि तोकेको मूल्यसूची अनुसार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको ३ लाख ४ सय रुपैयाँ थियो । मंगलबार ३ लाख १ हजार ९ सय, सोमबार ३ लाख २ हजार ८ सय र आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी तोलामा १ सय ८० रुपैयाँ बढेको छ । बिहीबार चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

मा प्रकाशित