युनाइटेड मोदीले ७ प्रतिशत बोनस शेयर दिने

आर्थिक परिवेश

१० फागुन, काठमाण्डौ ।    युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लगानीकर्ताहरुले लाभांश प्राप्त गर्ने छन् ।

मा प्रकाशित