सुनकाे मुल्य एकै दिन १४ हजार ६ सयले बढयाे

आर्थिक परिवेश

११ चैत, काठमाण्डौ ।     नेपाली बजारमा एक सातायता मंगलवारसम्म घटेको सुनको भाउ बुधबार भने उच्च रकमले बढेको छ ।

बुधवार एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको हो ।

बुधवारका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेर कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेर कारोवार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ४१५ रुपैयाँले बढेको छ । अघिल्लो दिन मंगलवार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार ४ हजार ९२० रुपैयाँ पुगेको छ ।

मा प्रकाशित