
१९ चैत, भक्तपुर। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि देशभर शुरू भएकाे छ । यस परीक्षााका लागि देशभर र विदेशमा समेत गरी एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । याे परीक्षा यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ । प
परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । याे परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।
तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।
मा प्रकाशित