पेट्रोलियम पदार्थको मूल्यवृद्धि डिजेल र मट्टीतेल प्रतिलिटर २३७

आर्थिक परिवेश

 ०३ बैशाख, काठमाडौँ  ।    नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर  ३० रूपैया र हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाले वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजेल / मट्टीतेलको प्रतिलिटर  २३७ रूपैया पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रूपैया बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मा प्रकाशित