
११ बैशाख,काठमाण्डौं । सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने लक्ष्य सहितको उर्जा खपत, वृद्धि तथा निर्यात रणनीति तयार पारेको छ ।
ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले आन्तरिक बजारमा ऊर्जा खपत बढाउने र बढी भएको विद्युत् निर्यात गर्ने उद्देश्य सहित ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति,२०८३ तयार पारेको हो ।
अहिले भइरहेको प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवरलाई बढाएर आगामी १० वर्षभित्र १ हजार ५०० सय किलोवाट आवर पु¥याउन सकिने गरी रणनीति बनाएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा ऊर्जा खपत र निर्यात रणनीति बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्नु भएको थियो ।
उक्त समितिले तयार गरेको रणनीति बिहीबार मन्त्री श्रेष्ठ समक्ष पेश भएको छ । गत चैत १३ मा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूचीमा ऊर्जा खपत र निर्यात बढाउने रणनीति बनाउने विषय समेटिएको थियो ।
अहिले तयार गरिएको रणनीतिमा विद्युतको आन्तरिक खपत उल्लेख्य रूपमा बढाएपछि बचत भएको विद्युत् निर्यात प्रवद्र्धन गर्ने दीर्घकालीन मार्ग चित्रसमेत समेटिएको छ ।
विद्युतको आन्तरिक खपत बढाउनको लागि घरायसी विद्युतीय उपकरणको प्रयोग आकर्षित गर्ने, मिटर र ट्रान्सफर्मरको क्षमतामा सुधार गरी एलपी ग्यासको प्रयोग घटाउनुपर्ने विषय रणनीतिमा उल्लेख छ ।
नेपाली शेयर बजारको परिसूचक नेप्से विहिवार पनि घटेको छ । यस दिन नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ७८७.१५ को बिन्दुका कायम भएको छ ।
विगत चार कारोबार दिनयता नेपाली शेयर बजारको परिसूचक लगातार घटदै आएको छ ।
अघिल्लो दिन २ हजार ८०४ अङ्कमा रहेको बजार परिसूचक बिहिवार दुई हजार ७८७ को बिन्दुमा झरेको हो । बुधवार सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको बजारमा बिहिवार कारोवार रकम घटेर कारोवार भएको छ ।
बिहिवार बजारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुको छ । यस दिन ३४८ कम्पनीहरुका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयरहरु ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयामा किनबेच भएका छन् ।
यस दिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् ।
मा प्रकाशित