
२३ बैशाख, काठमाण्डौ । बुधवार नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ ।
यस दिन सुन मङ्गलबारको तुलनामा तोलामा ५ हजार ८०० र चाँदी १७५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छाप भएको सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयामा कारोवार भएको छ भने त्यति नै परिमाणको चाँदीको मुल्य ५ हजार ५५ कायम भएको छ ।
मङ्गलबार एक तोला छाप भएको सुन दुई लाख ९१ हजार र चाँदी चार हजार ८८० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मा प्रकाशित