
०३ जेठ, काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नु भएकाे छ ।
मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
‘आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोगमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ’, उहाँले भन्नु भयाे , ‘त्यसैले स्वदेशी उत्पादनलाई माया गरौँ र प्रयोग बढाऔँ ।’
दुग्ध विकास संस्थान (डिडिसी) ले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ । त्यसता उत्पादनहरूकाे उच्च गुणास्तर हुनु पर्नेमा पनि मन्त्री चाैधरीले जाेड दिनु भयाे ।
संस्थानले किसानबाट दूध सङ्कलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ । यसबाट हजारौँ दुग्ध उत्पादक किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
मा प्रकाशित