२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि विभिन्र ३३ स्थानहरू तोकिदिएको छ ।
तोकिएका स्थानहरूमा अाज बिहानै देखि फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ ।
प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा महानगरपालिकाले रोक लगाएको भए पिन अनुगमनकाे अभावमा विदेशबाट अायातीत महंगा तथा प्लास्टिकजन्य फूल–माला पनि निर्वाध रूपमा बिक्री वितरण भैरहेकाे शहरका विभिन्र पसल तथा गल्लीहरूमा प्रयाप्त देख्न पाइन्छ ।
महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।
त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइनेछ ।
कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क क्षेत्रमा फुल माला बिक्रि केन्द् ताेकिएकाे छ ।
त्यसै गरी भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि स्वदेशी फूलमाला बिक्रीस्थल तोकिएको छ ।
यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि स्वेदशी फूलामाल बेच्न सकिने छ ।
साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।
नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको छ ।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गर्ने चेतावनी दिएको छ ।
